हलिउडका चर्चित स्टार डिक्याप्रियोले युक्रेनलाई दिए १ करोड डलर सहयोग

हलिउडको चर्चित टाइटानिक फिल्मका स्टार लियोनार्डो डिक्याप्रियोले युक्रेनलाई १ करोड डलर सहयोग गरेका छन्।

डिक्याप्रियोले रुससँगको युद्धको बीचमा युक्रेनलाई उक्त रकम सहयोग गरेका हुन्।

लाखौं मानिसहरू युक्रेनबाट छिमेकी देशहरूमा पलायन भएका छन् भने धेरै मानिसहरू रुसी सेनाविरुद्ध लड्न युक्रेनी सेनामा सामेल भएका छन्।

युक्रेनलाई सहयोग गर्न धेरै हलिउड स्टारहरूले चन्दा दिएका छन्। लियोनार्डोको हजुरआमा हेलेन इन्डेनबिर्केन ओडेसामा जन्मेकी हुन्, त्यसैले उनको युक्रेनसँग व्यक्तिगत सम्बन्ध छ।

उनी र उनका आमाबाबु सन् १९१७ मा जर्मनीमा बसाइँ सरेका थिए, जहाँ डिक्याप्रियोकी आमाको जन्म भएको थियो।

डिक्याप्रियोले युक्रेनलाई सहयोग गर्न १ करोड डलर छुट्याए पनि उनले समाचार सार्वजनिक गर्न चाहेनन्।

टाइटानिकका स्टार लामो समयदेखि विश्वव्यापी तापाक्रम (ग्लोबल वार्मिङ) रोक्ने पहलमा संलग्न छन्। उनी र उनका परिवारले विश्वभर दिगो विकासलाई समर्थन गर्न लियोनार्डो डिक्याप्रियो २५ वर्षको उमेर भएको बेला फाउन्डेसन स्थापना गरेको थियो।

फाउन्डेसनले विश्ववन्य जन्तु कोषमार्फत नेपालमा बाघको संख्या दोब्बर गर्नको लागि ३o लाख डलर सहयोग गरेको छ।

प्रकाशित मिति: : 2022-03-10 08:12:00

प्रतिकृया दिनुहोस्