कर्णाली उत्सवकाे उद्घाटन समारोहमार्फत साेफिया थापाकाे छाउपडी गीत सार्वजनिक हुँदै

कर्णाली उत्सवकाे उद्घाटन समाराेहमा गायिका साेफिया थापाले गएकाे ‘छाउपडी’ सम्बन्धि गीत सार्वजनिक हुने भएकाे छ।

शब्द सार्वजनिक भएपछि विवादमा परेको उक्त गीतकाे भिजुअलसहित सार्वजनिक हुने भएकाे गायिका सोफिया थापाले बताएकी छन्।

सुदुपश्चिम, कर्णाली लगायत देशभर रहेकाे छाउपडी प्रथाले महिलाले भाेग्नु परेका पीडा गीत मार्फत सार्वजनिक गरिने उनकाे भनाई छ।

रमेश दाहालकाे शब्द रहेकाे गीतमा स्वर संगित थापाकाे नै रहेकाे छ।

दाहालले लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेकाे बताए।

उनले भने, 'गीतले कुप्रथालाई मान्नुहुन्न भन्ने सन्देश दिएकाे छ।'

गीत गायिका थापाको युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ।

प्रकाशित मिति: : 2022-03-11 11:17:00

प्रतिकृया दिनुहोस्