बंगबन्धु फाेर नेसन टुर्नामेन्ट’ मार्च २७ बाट बंगलादेशमा हुने

बंगलादेशकाे राष्ट्रिय पारालाम्पिक समितिद्धारा आयाेजित ‘बंगबन्धु फाेर नेसन टुर्नामेन्ट’ यही मार्च २७ देखि ३१ सम्म हुने भएकाे छ। 

टुर्नामेन्ट बंगलादेशस्थित शेख कमल क्रिकेट रङ्गशालामा हुने आयाेजकले जनाएकाे छ। 

शारिरिक अपाङ्गता भएका खेलाडी सहभागी हुने खेलमा बंलादेशसहित नेपाल, भारत र श्रीलंका सहभागी हुँदै छन्। त्यसकाे लागि सम्पूर्ण देशका खेलाडीकाे टाेली मार्च २५ मा त्यहाँ प्रस्थान गर्दै छन्।

प्रत्येक टाेलीमा १४ खेलाडीसहित १७ जना व्यक्ति सहभागी हुने आयाेजक समितिले जनायाे। 

प्रकाशित मिति: : 2022-03-11 12:45:00

प्रतिकृया दिनुहोस्