अभिनेता साैगात मल्ल र मिस नेपाल– २०१२ तथा अभिनेत्री सृष्टि श्रेष्ठ विवाहाकाे तयारीमा छन्। करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाहकाे तयारीमा जुटेका हुन्।
दुई वर्षयता एकसाथ बस्दै आएका उनीहरुले यसअघि नै विवाह गर्ने साेचमा रहेका भए पनि काेराेना महामारीकाे कारण हुन पाएकाे थिएन। महामारीअघि नै सौगात सृष्टिको आमा बुवालाई भेट्न बेतायत पनि गएको थिए भन्ने कुरा बाहिरिएकाे छ। दुबै पक्षका परिवारले विवाहको सहमति जुटेकाे छ।
हालै सार्वजनिक एक अन्तर्वार्तामा सृष्टिले अब आउदो वर्ष (२०७९) मा विवाह गर्ने तयारीमा रहेका बताएकी थिइन्। उता सौगातले पनि यो कुरा साँचो रहेको र केही वर्ष प्रेम सम्बन्धमा रहेकोमा चाँडै नै विवाह गर्ने तयारीम रहेकाे अभिव्यक्ति दिँदै आएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सौगातले कोरोना महामारीका कारण विवाहमा ढिलाइ भएकाे आशय दिएका थिए।
‘सृष्टिले विवाह गर्दैछाैँ भनेकाे कुरा सत्य हाे। हामी दुईदेखि नै विवाहकाे तयारीमा थियाैँ। तर, कहिले के नमिल्ने कहिले के नमिल्ने भएर ढिला भएकाे हाे,’ उनले मंगलबार एक कार्यक्रममा भनेका छन्,‘परिवारबाट विवाहकाे स्वीकृति मिलेकाे छ, हामीले अर्काे वर्षकाे सुरूवातीमै विवाह गर्ने अन्तिम तयारीमा छाैँ।’
प्रेम सम्बन्धमा जाेडिएपछि याे जाेडीले नेपाली चलचित्रमा सँगै काम समेत गर्दै आएका छन्। उनीहरूले पोइ पर्याे काले, लालपूर्जा, मासु–भात, द सिक्रेट अफ राधा, माछा–माछा, तीन जन्तुमा सँगै अभिनय गरेका छन्।