स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा 

File Photo
File Photo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन्।

नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए।

‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो। त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने,‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह। त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ।’

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए। जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए। 

‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ। वातावरण अस्वच्छ भएको छ। वातावरणमैत्री विकासको आवश्यकता छ। आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने।

प्रकाशित मिति: : 2022-03-13 16:19:00

प्रतिकृया दिनुहोस्