महिलामाथि सय वर्षअघिको जस्तै विभेद

हिमाल खबर

भूमी घिमिरे
कुसुमकुमारी शर्मा, हेमकुमारी ‘ज्ञानु’ शर्मा। मेचमा: वसुन्धारा न्यौपाने शर्मा। स्टुलमा: विजया शर्मा। तस्वीर स्रोत

महिला भएकै कारण सय वर्षअघि मेरी हजुरआमाले जस्तो विभेद र समस्या खेपेकी थिइन्, मैले नेपालमै बस्ने गरी विदेशबाट फर्केर आएपछि अहिले पनि त्यस्तै विभेद र समस्या खेप्नुपर्‍यो।

परिवारमा भएको ऐतिहासिक तस्वीरको आधारमा मैले पितृसत्ताको चार पुस्ता अघिदेखि अहिलेसम्मको समाजिक-राजनीतिक परिवेश केलाउने मौका पाएँ।

शायद मैले हुर्केको परिवारभित्र र मेरो देशप्रतिको आत्मीयताको प्रेरणाले यसो गराएको हो। जुन देशको म एक छोरी हुँ र अहिले आफैं आमा भएको नाताले यो विश्लेषण सम्भव बनाएको छ।

प्रकाशित मिति: : 2022-03-14 10:27:00

प्रतिकृया दिनुहोस्