यु-१९ महिला राष्ट्रिय क्रिकेट चैत पहिलो साताबाट (तालिकासहित)

File Photo
File Photo

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ६ चैतबाट हुने सुदूरपश्चिम सिएम कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगितामा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र मधेस प्रदेश गरी सात टोलीको सहभागिता रहेको छ।

समूह ‘ए’ मा सुदुरपश्चिम, बागतमी, कर्णाली र लुम्बिनी तथा समूह ‘बी’ मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन्।

प्रतियोगिताका सबै खेल कैलालीको फाप्ला क्रिकेट मैदानमा हुनेछ। समूहको शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन्। फाइनल खेल ११ चैतमा हुनेछ।

प्रकाशित मिति: : 2022-03-14 13:44:00

प्रतिकृया दिनुहोस्