प्रकाश सपुतको ‘पिर’ले बनायो नयाँ रेकर्ड, एक हप्तामै करोड क्लबमा पुग्ने पहिलो म्युजिक भिडियाे

File Photo
File Photo

जनयुद्धकाे विषयलाई समेटेर गायक प्रकाश सपुतले बनाएकाे गीत ‘पिर’काे यतिबेला चर्चामा छ। गीतमा प्रयाेग गरिएकाे एउटा दृश्यका कारण प्रकाश सपुत विवादमा समेत तानिए।

तर, विवादसँगै प्रकाशकाे उक्त गीतले नयाँ सफलता पनि हात पारेकाे छ। साे गीत युट्युबमा सार्वजनिक गरिएकाे एक हप्तामै कराेड क्लब (१ कराेड पटक हेरिएकाे)मा पुगेकाे हाे।

दैनिक दर्जनाैँकाे संख्यामा नेपाली गीतसंगीत युट्युबमार्फत् सार्वजनिक गरिन्छ। त्यसमध्ये कराेड क्लबमा पुग्ने कमै हुन्छन्। पुगे पनि ती भिडियाे महिनाैँ समयमा कराेड क्लबमा पुग्छन्। तर, प्रकाश सपुतकाे गीत भने विवादकै बीच याे नयाँ रेकर्ड राख्न सफल भएकाे हाे।

फागुन २७ गतेकाे राति सार्वजनिक गरिएकाे गीतकाे भ्युज याे समाचार तयार पार्दासम्म १ कराेड ५ हजार १ २० पुगेकाे छ। 

प्रकाशित मिति: : 2022-03-19 06:26:00

प्रतिकृया दिनुहोस्