मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’ को फाइनलको उपाधि रियल बर्दसले उचालेको छ।
आज भएको फाइनल खेलमा न्यु स्टार एससीलाई २-१ गोल अन्तरले हराउदै रियल बर्दसले उपाधि उचालेको हो।
लिगको विजेता रियलले २ लाख ५१ हजार र ट्रफी प्राप्त गरेको छ।
उपविजेता न्यु स्टार एससी १ लाख ५१ हजार, मेडल, ट्रफी र प्रमाण पत्रमा चित्त बुझायो।
रियलको जितका लागि समीर याक्खा र अङ्कित लिम्बुले १/१ गोल गरे।
न्यु स्टार एससीका सन्देस केशीले पहिलो हाफको इन्जुरी समयमा एक गोल गरेका हुन्।