थाइल्यान्ड जाने नेपाली टोलीको बिदाइ

File Photo
File Photo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ।

आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो। ३४ सदस्यीय टोली सोमबार (भोलि)  थाइल्याण्ड प्रस्थान गर्नेछ।

नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा  खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ।

यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ। समूह एमा नेपालसहित   कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्।

प्रकाशित मिति: : 2022-03-20 17:20:00

प्रतिकृया दिनुहोस्