राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफनो ५८औँ वार्षिक उत्सवको अवसरमा आफ्नाे नवनिर्मित भवन उद्घाटन गरेकाे छ।
त्रिपुरेश्वरस्थित नवनिर्मित भवनकाे उद्घटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका हुन्। वि.संं. २०१५ साल भदौ १३ गते स्थापना परिषद्काे वार्षिक उत्सव १३ भदैमा भए पनि यसपटक भने काेराेना महामारीकाे कारण ढिला गरी आज मनाइएकाे हाे।
भवन उदघाटनसगैँ खेलकुद परिषदले खेलकुद क्षेत्रमा २० देखि २५ वर्षसम्म कार्यरत प्रशिक्षक तथा खेलाडीहरुलाई सम्मान गरेको थियाे।