यूएईले दियो २०३ रनको लक्ष्य

File Photo
File Photo

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई शृंखलामा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ। 

दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २०२ रन जोडेको हो।

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए। यस्तै ओपनर मुहम्मद रिजवानले ३३ , चिराग सुरीले २६ रन, भृत्या अरविन्दले २४ रनको योगदान गरे।

नेपालका कप्तान  सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए।यस्तै, सोमपाल कामीले २ विकेट लिँदा  आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो। 

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ। 

प्रतियोगितामा नेपाल १० खेलमा ५  जित र ५  हार सहित १० अंकका साथ छैटौं स्थानमा छ।यूएई १७ खेलमा ९  जित र ६  हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2022-03-21 15:14:00

प्रतिकृया दिनुहोस्