रुपन्देही सुपरलिग सुपर फोर: बुद्धलाई हराउँदै एमसीसी १२५ रनले विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मेलवर्न क्रिकेट क्लब एमसीसीले विजयी भएको छ।सुपर फोरअन्तर्गतको तेस्रो खेलमा बुद्ध क्रिकेट क्लबलाई १२५ रनको फाराकिलो अन्तरले  जित निकालेको हो। 

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती व्याटिङ रोजेको एमसीसीले निर्धारित ५० ओभरको खेलमा नौ विकेटको क्षतिमा दुई सय ६ रन बनाएको थियो। जसका लागि विजय प्रजापति एक्लैले सार्वधिक एक सय ६ रनको योग्दान गरे।त्यस्तै सुशान्त थापाले २२,  सविन शाक्य र मोइन अलिले समान १५-१५ रन बनाए।बलिङतर्फ बुद्धका विपीन खत्रीले तीन र सुभास भण्डारीले दुई विकेट लिए। 

दुई सय सात रनको लक्ष्य पाएको बुद्धले सबै विकेट गुमाउँदै ८१ रन मात्र जोड्न सक्यो।२३ दशमलव १ ओभर समेटिएको टिमका लागि सुरज पौडेलले १५, विपीन खत्री र सलिम अलिले समान १४ रन बनाए।अन्य खेलाडी मैदानमा टिक्न नसकेपछि १२५ रनको फारकलिो अन्तरले हार व्योहोर्नु पर्‍यो ।बलिङतर्फ एमसीसीका रोशनलाल गुप्ताले पाँच र रमेश कुर्मीले चार विकेट लिए।

सोमबारको खेलमा एमसीसीका विजय प्रजापति म्यान अफ द म्याचबाट पुरस्कृत भए। शनिबारबाट सुरु भएको  सुपर फोर प्रतियोगितामा रुपन्देहीका चार टिम डिभिजन ए बाट उक्लेर प्रतिस्पर्धा गरिरहेका छन। १२ चैतसम्म हुने प्रतियोगितामा यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउन्ड रोबिन लिग खेलाइँदै छ। जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिमबीच फाइनल प्रतियोगिता हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए।

प्रकाशित मिति: : 2022-03-21 15:45:00

प्रतिकृया दिनुहोस्