तरलताको अभाव चिर्ने समय

वित्तीय क्षेत्रमा तरलता (लगानी योग्य पुँजी) अभावले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो पार्छ। आर्थिक वृद्धि र व्यवसाय विस्तारका लागि तरलता वित्तीय क्षेत्रमा हुन अत्यन्त जरुरी छ। तरलताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र राज्यको आत्मबल बढाउँछ। तरलताको स्थितिले विदेशी लगानी आकर्षण हुने वा नहुने भन्नेमा पनि भर पर्छ। देशमा तरलताको अभाव हुँदैन, लगानी गर्न र फिर्ता लैजान पनि सकिन्छ भन्ने धारणा हुन्छ। यस्तो सहज वातावरण भए आन्तरिक र बाह्य लगानी बढ्छ। भविष्यको योजना बनाएर आन्तरिक व्यवसाय पनि ढुक्क भएर सञ्चालन गर्न सकिन्छ।

नेपालको वित्तीय क्षेत्रमा तरलताको अभाव दशकौंदेखि बेलाबेलामा हुँदै आएको छ। कहिले अभाव हुने कहिले बढी हुनेगरी साइकलको रूपमा आइरहन्छ। वर्षभरिमा दुई—तीन पटक यस्तै भइरहन्छ। यसअघि पनि लामै समयको अभावमा यस्तो परेको थियो। सो साइकल तोड्न स्थानीय निकायमा जाने पैसालाई बैंकले निक्षेपको रूपमा ५० प्रतिशतसम्म गणना गर्ने व्यवस्था गरियो।

अहिले यसको दायरा बढाएर बैंकहरूले असारसम्ममा ८० प्रतिशतसम्म निक्षेपको रूपमा चलाउन पाउने व्यवस्था गरे। केही राहत मिलेको छ। त्यतिबेला भने अर्थ मन्त्रालयमार्फत यो व्यवस्था कायम गर्न निकै गाह्रो भएको थियो। यसले बैंक तथा वित्तीय संस्थालाई सहज भएको थियो।

 

 

प्रकाशित मिति: : 2022-03-23 15:28:00

प्रतिकृया दिनुहोस्