कृषि कर्ममा ३ पुस्ता : जेटीएका २ छोरा कृषक, २ नाति कृषि इन्जिनीयर

लोकान्तर

काठमाडौं

जागिर भनेपछि मरिहत्ते गर्ने समय अहिले पनि हाम्रो देशमा छँदैछ । अझ सरकारी जागिरका लागि मन्त्रीसम्मको फोन आउने गर्छ । जागिर नपाउनेहरू ‘नेपालमा भविष्य छैन’ भन्दै घरपरिवारको खर्च जुटाउन विभिन्न देशमा गएर पसिना बगाउने गर्छन् । 

मोरङको सुन्दरहरैचाका २ दाजुभाइ खाइरहेको जागिर नै छाडेर देशकै माटोमा पसिना बगाइरहेका छन् । रेवती र ईन्द्र तिमसिना खाइरहेको जागिर नै छाडेर कृषिमा लागेका छन् । रेवती सरकारी जागिरे थिए भने ईन्द्र विभिन्न संघसंस्थामा काम गर्थे ।ईन्द्रले अधिकृतस्तरको जागिर गर्थे । रेवती तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकको जागिर खान्थे । २०५५ देखि २०६८ सालसम्म उनले सामाजिक परिचालक भएर काम गरे ।

प्रकाशित मिति: : 2022-03-26 12:18:00

प्रतिकृया दिनुहोस्