मलेसियाविरुद्ध पीएनजीले टस जितेर बलिङ गर्दै

File photo
File photo

नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ। 

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ। यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ। 

शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ। यता, पीएनजी भने पहिलो जितको खोजीमा छ। 

मलेसियाले २ खेलबाट २ अंक जोडेको छ। यता, पीएनजी भने विनाअंक पुछारमा छ।

यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ। नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ। 

आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ। 

प्रकाशित मिति: : 2022-04-01 12:50:00

प्रतिकृया दिनुहोस्