डेथ विश (१९८८), डाइ हार्ड (१९८८), सिन सिटी (२००५) जस्ता सुपर हिट सिनेमाका अभिनेता ब्रुस विलिसले अभिनयबाट सन्यास लिने भएका छन्। उनले अभिनयबाट छिट्टै सन्यास लिने उनकाे पारिवारिक स्रोतले खुलासा गरेको हाे।
करिब ४० वर्षदेखि हलिउड सिनेमाका एक आधार स्तम्भ रहेका नायक विलिस अफेसिया नामक रोगले पीडित भएको कारण सिनेमा क्षेत्रबाट सन्यास लिन लागेका हुन्। १९ मार्च १९५५ को दिन जर्मनीमा जन्मेका बिलिसले अभिनयभन्दा पहिले धेरै वर्ष अमेरिकी सेनामा काम पनि गरेका थिए।
अमेरिका भियतनाम युद्धमा मोर्चामा खटिएर युद्ध लडेका विलिसले सेनाबाट अवकास पाएपछि अभिनय यात्रा सुरु गरेका थिए। सन् १९८० मा रिलिज भएको ‘ब्लाइण्ड डेट’बाट आफ्नो करियर सुरु गरेका विलिसले आजसम्म १ सयभन्दा बढी सिनेमामा अभिनय गरेको र त्यसमध्ये लगभग सबै जस्तो सुपर हिट भएका छन्।
सिनेमा क्षेत्रका सबै जस्तो सम्मानजनक पुरस्कारबाट पुरस्कृत विलिस राम्रो गायक पनि हुन्। उनले स्वर दिएको ‘द रिटर्न अफ ब्रुनो’ बोलको गित लोकप्रिय छ।