मलेसियाले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

file photo
file photo

त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (सनिबार) मलेसियाले नेपालको सामना गर्दैछ। 

कीर्तिपुरस्थित टियु मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ।

खेलमा नेपालले एक परिवर्तन गरेको छ। सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई सुरुवाती एघारमा स्थान दिइएको छ। आजको खेलमा पराजित भए मलेसिया फाइनल खेल्नबाट बन्चित हुनेछ। यता, नेपाल तीन खेलमा ६ अंक जोड्दै यसअघि नै फाइनल प्रवेश गसिसकेको छ ।नेपाल र मलेसियाबीचको खेलले फाइनल प्रवेश गर्ने अर्को टोलीको टुङ्गो लगाउने छ। 

नेपालले मलेसियालाई हराए पपुवा न्यु गिनी(पिएनजी) फाइनल प्रवेश गर्नेछ । नेपाललाई हराएमा भने मलेसिया फाइनल प्रवेश गर्नेछ।  फाइनल खेल सोमबार हुनेछ।

पिएनजीले शुक्रबार मलेसियालाई हराउँदै फाइनल प्रवेश सम्भावना जीवित राखेको छ। 

दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान २ अंक छ। नेपालले पिएनजीविरुद्धको दुवै खेल जितेको थियो भने मलेसियलाई एक खेलमा पराजित गरेको थियो।

प्रकाशित मिति: : 2022-04-02 11:55:00

प्रतिकृया दिनुहोस्