हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ।
आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे।
बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन।
जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ। ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ।
लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ।