कोहलपुरको जग्गा किचलो : लुटबहादुर भर्सेस ‘सुकुम्बासी’

रातोपाटी

काठमाडाैँ

रातोपाटीको टोली पूर्व–पश्चिम राजमार्गमा पर्ने कोहलपुर बजारमा पुग्दा साँझ पर्न लागेको थियो । नगरपालिका कार्यालयमा छिर्नासाथ गार्डले रोकेर सोधे, कता जान लाग्नुभएको ? भित्र कार्यपालिकाको बैठक चलिरहेको छ । 

कार्यपालिकाको बैठक सकिँदा झमक्कै भयो । हामीले एमाले नेता एवं मेयर लुटबहादुर रावतसँग छोटो कुराकानी गर्यौँ । कुराकानीका क्रममा थाहा भया, कोहलपुरको मुख्य समस्या जग्गा किचलो र फोहोर व्यवस्थापन रहेछ । 

पश्चिम नेपालका २४ जिल्लाको ‘जक्सन’ मानिन्छ बाँके जिल्लाको कोहलपुर नगरपालिका । पूर्व–पश्चिम राजमार्गमा अवस्थित यो नगरपालिका दक्षिणतर्फ नेपालगञ्ज र उत्तरतर्फ सुर्खेततिर मोडिने चौबाटो हो ।

प्रकाशित मिति: : 2022-04-05 06:18:00

प्रतिकृया दिनुहोस्