कवि तथा गीतकार बस्न्यातले सञ्चालनमा ल्याए आफ्नै युट्युब च्यानल

कवि तथा गीतकार रबि मानसिंह बस्न्यातले आफ्ना सिर्जनाहरु स्रोता तथा दर्शकहरु माझ छिटोभन्दा छिटो पुर्‍याउने उद्देश्यले आफ्नै युट्युब च्यानल सञ्चालनमा ल्याएका छन्। उनले ‘एस.एस.एस.आर क्रिएसन्स’को सुरुवात गरेको जानकारी बिएल नेपाली सेवालाई दिएका हुन्।

आफ्नो च्यानलमा उनको पहिलो कोशेली ‘तिमि र म’नामक कविता रहेको छ।

बस्न्यातको कवितालाई चर्चित गायक तथा सञ्चारकर्मी रबिन शर्माले आवाज दिएका छन्। यस च्यानलबाट नियमित रुपमा नयाँ–नयाँ गीत तथा कविता प्रस्तुत गर्दै जाने बस्न्यातले जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-07 17:55:00

प्रतिकृया दिनुहोस्