'मैरै सामु छोरी मारिइन्, मलाई बन्दी बनाइयो'

बिबिसी

काठमाडौं

भिक्टोरिया कोभालेन्कोलाई ती हरेक क्षणको स्पष्ट सम्झना छ।

"त्यहाँ विस्फोट वा कुनै गोलाबारी भयो र मेरा कान बन्द भए। कारको पछाडिको सिसा चकनाचुर भयो। मेरा श्रीमान्‌ले चिच्याएर "बाहिर निस्क" भने।

त्यस दिनको त्रासदी अकल्पनीय छ।

यो भोगाइमा विभत्स विवरणहरू छन्। यसले कसै-कसैलाई विचलित बनाउन पनि सक्छ।

भिक्टोरिया र उनका पतिले युद्ध सुरु भएको नौ दिनपछि युक्रेन सहर चेर्नीहिभ छोडेर भाग्ने निर्णय गरे। उनीहरू जसरी भए पनि आफ्ना बालबच्चा जोगाउन चाहन्थे। भिक्टोरियाको पहिलो विवाहबाट जन्मिएकी भेरोनिका १२ वर्षकी थिइन्। सानी छोरी भरभारा एक वर्ष मात्रै हुँदै थिइन्।

प्रकाशित मिति: : 2022-04-13 09:20:00

प्रतिकृया दिनुहोस्