चौथो जितसंगै बैंगलोर तेस्रो स्थानमा उक्लियो

PTI

दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ।

शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा  दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन  बनाउन सक्यो।  

दिल्लीका  डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए। यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए। बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो।

बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए। ग्लेन म्याक्सवेलले  ५५ रनको योगदान गरे।

जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा  छ।

प्रकाशित मिति: : 2022-04-17 06:04:00

प्रतिकृया दिनुहोस्