एकीकृत समाजवादीका केन्द्रीय सदस्य कन्दङ्वासहित २७५ जनाद्वारा पार्टी परित्यागको घोषणा

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लोकबन्धू कन्दङ्वाले पार्टी परित्याग गरेका छन्।

प्रेस वक्तव्यमा प्रकाशन गर्दै कन्दङ्वाले आजका मितिसम्म शैदान्तिक र वैचारिक दृष्टिकोणले, पद्दति गत र प्रवृतिगत दृष्टिकोणले साथै व्यवहारिक र आर्थिक दृष्टिकोणले पनि पार्टी फुटको औचित्य प्रमाणित गर्न नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

वक्तव्यमा पछिल्लो समय एमसीसी जस्तो राष्ट्रिघाती अमेरिकी परियोजनालाई संसदबाट पास गर्न सहयोग पु-याई पार्टीलाई राष्ट्रघाती र नवप्रतिगामी कित्तामा राखेको हुनाले एक राष्ट्रवादी नागरिकको हैसियतले यो पार्टीमा वसिरहन नैतिक रुपले नमिल्ने ठहर गरी स्वतन्त्र वामपन्थी नागरिकको रुपमा जीवन यापन गर्ने निर्णय गरेको उल्लेख छ।

उनीसँगै केन्द्रीय सल्लाहकार समितिका गोपिचन्द्र गिरी, जिल्ला कमिटी सदस्य प्रकाश पुरी, महेन्द्र प्रसाद खरेल र गीता कडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।उनीहरुसंगै पार्टीका २७५ जना समर्थकले पार्टी परित्या गरेको प्रेस वक्तव्यमा जनाइएको छ।

प्रकाशित मिति: : 2022-04-17 07:40:00

प्रतिकृया दिनुहोस्