इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ टी–२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ। जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्।
आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ। यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन्। जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन्।
पाँच ओरेन्ज क्यापमा हकदार
जस बटलर
राजस्थान रोयल्सका लागि ओपनिङ गर्ने इंग्ल्यान्डका ब्याटर जस बटलर यस वर्ष ओरेन्ज क्याप जित्ने सबैभन्दा बलिया दाबेदार हुन्। बटलरले आईपीएल–२०२२ मा एक सानदार शतक बनाएका छन्। उनले पाँच खेल खेल्दासम्म २७२ रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन्।
केएल राहुल
पछिल्लो दुई तीन आईपीएलमा ओरेन्ज क्यापको दाबेदारीमा सधै देखिएने नाम हो केएल राहुल। यस वर्ष समेत राहुलले आफूलाई दाबेदारीमा प्रस्तुत गरेका छन्। जारी आईपीएलमा उनले एक शतक प्रहार गर्दै ६ खेलमा २३५ रन बनाएका छन् र दाबेदारीको सूचीमा दोस्रो स्थानमा राखेका छन्।
हार्दिक पाण्डे
यसपटक आईपीएलमा सबैलाई स्तब्ध पार्ने अर्को नाम हो हार्दिक पाण्डे। भारतीय अलराउन्डर तथा गुजरात टाइटन्सका कप्तानसमेत हुन् हार्दिक। हार्दिकले पाँच खेलमा २२८ रन बनाएका छन् र आफूलाई ओरेन्ज क्याप दाबेदारमा तेस्रो स्थानमा उभ्याएका छन्।
लियाम लिभिङस्टोन
ओरेन्ज क्यापको दौडमा यसपटक पञ्जाब किंङ्सका घातक ब्याटर लियाम लिभिङस्टोनसमेत देखिएका छन्। उनले ६ खेलमा २२४ रन बनाएका छन्। जारी लिगमा आक्रामक खेलकै कारण इंग्ल्यान्डका यी खेलाडी दाबेदारमा रहेका हुन्।
राहुल त्रिपाठी
सनराइजर्स हैदराबादका ब्याटर राहुल त्रिपाठी ओरेन्ज क्यापको दाबेदारमा रहने पाँचौ खेलाडी हुन्। जारी लिगमा राहुल राम्रो लयमा समेत छन्। उनले ६ खेल खेल्दा २०५ रन बनाएका छन्।