विश्व तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु निर्णायकमा

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन्। प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदै छ।

तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन्। उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ।

नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। 

त्यस्तै अनलाइन प्रतियोगितामा पनि उनी निर्णायकको जिम्मेवारीमा रहिसकेका छन्।

प्रकाशित मिति: : 2022-04-18 18:50:00

प्रतिकृया दिनुहोस्