नेपाली चलचित्र‘परस्त्री’को छायांकन सकिएको छ। क्राइम थ्रिलर जनरामा रहेको उक्त फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री र गौरव विष्टको मुख्य भूमिका रहेको छ।
फिल्ममा एकभन्दा धेरै जनाको सम्बन्धमा बस्ने तीन मुख्य चरित्रलाई देखाइएको छ भने। फिल्मलाई ४० दिन लगाएर छायांकन गरिएको निर्माता तथा लेखक दीपेन्द्र के खनालले बताए। फिल्मको निर्देशन सुरज पाण्डेले गरेका छन्।