बिजुली अभावमा नेपालका सबै ठूला कलकारखाना बन्द, के फेरि सबैतिर लोडशेडिङ हुन लागेको हो

बिबिसी

काठमाडाैँ

नेपाल विद्युत्‌ प्राधिकरणले बिजुली आपूर्ति गर्न नसकेपछि देशभरिका सबै ठूला उद्योगहरू बुधवारबाट बन्द भएका छन्।

पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको विद्युत्‌ रोकिएपछि ठूला उद्योगमा लोडशेडिङ गर्नुपरेको प्राधिकरणका प्रवक्ताले बताए।

प्राधिकरणका अनुसार भारतको बिहारमा अहिले प्रसारणलाइनहरू मर्मत भइरहेको छ।

"प्रसारणलाइन मर्मत भइरहेकाले केही दिनका लागि बिजुली आपूर्ति गर्न सक्दैनौँ भनेर बुधवार हामीलाई जानकारी आएको हो," प्रवक्ता सुरेशबहादुर भट्टराईले भने।

प्रकाशित मिति: : 2022-04-28 19:23:00

प्रतिकृया दिनुहोस्