मेयरका उम्‍मेदवार सरावगी भन्छन् : वीरगञ्जमा विकासको जग बसाएको छु, जनताले साथ दिन्छन्

रातोपाटी

काठमाडौं

२०७४ सालको चुनावमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको मात्र होइन, मधेशकेन्द्रित राजनीति गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि वीरगञ्ज महानगरपालिकाको मेयरमा यो पटक उम्मेदवारी परेको छैन ।

सत्ता गठबन्धनका कांग्रेस र माओवादीले जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहलाई समर्थन गरेका छन् । लोसपाले एमाले उम्मेदवार विजयकुमार सरावगीलाई साथ दिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पत्रकार गिरीश गिरीलाई मैदानमा उतारेको छ । ठूला दलबाट उम्मेदवारी नपरेको र स्वतन्त्रमा पनि खासै लोकप्रिय उम्मेदवार देखिएका छैनन् । त्यसैले सत्ता गठबन्धन र एमाले–लोसपा गठबन्धन गरी दुई गठबन्धनका उम्मेदवारबीच नै वीरगञ्जमा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति: : 2022-05-02 20:33:00

प्रतिकृया दिनुहोस्