हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ।
निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको स्थानीयवासीले बताएका छन्।
सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ।
स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ। निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन्।
स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए। निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ। विषेशगरी यसअघि काठमाडाैं बसेका मनाङबासी अहिल गाउँ फर्किएर चुनावी अभियानमा लागेका छन्।