स्थानीय तहको निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएको छ।
लक्ष्यअनुसारको मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाएको आयोगका उपसचिव ऋषिराम भुषालले बताएका छन्।
उनले भने ‘आयोगको लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ। पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने छ।’
आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ। आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानीगर्न बाँकी रहेको छ। शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ।