रोल्पाकाे मतदान केन्द्रमा ८ सय ६३ कर्मचारी खटिने

रोल्पामा स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिइएको छ।

जिल्लाका १ सय ७३ वटा मतदान केन्द्रमा खटिने ३ सय ४६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सदरमुकाम लिबाङमा हिजो र आज तालिम दिइएको हो।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जनशक्ति व्यवस्थापन समितिले ८ सय ६३ जना कर्मचारीहरुको विवरण जिल्ला निर्वाचन कार्यालयमार्फत सिफारिस गरेकाले ती कर्मचारीहरुको व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले जानकारी दिए।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई सम्बन्धित तहमै खटाउने तयारी भइरहको पनि पन्तले बताए।

रोल्पाका १० वटा स्थानीय तहमा १ लाख ४५ हजार ४ सय ४४ मतदाता मतदाता रहेका छन्। सबैभन्दा धेरै मतदाता रोल्पा नगरपालिकामा रहेका छन् भने सबैभन्दा कम थबाङ गाउँपालिकामा रहेका छन्।

जिल्लामा अहिले ८१ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी धृताकुमारी केसीले बताए।

प्रकाशित मिति: : 2022-05-07 10:57:00

प्रतिकृया दिनुहोस्