गोल्डेनगेट र जेभियर फाइनलमा

File photo
File photo

गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन्।

गोल्डेनगेटले नाथमलाई ६१-५३ ले पराजित गर्‍यो। गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे। सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७-५, १६-११ र २०-१३ को अग्रता लिएको थियो। चौथो तथा अन्तिम क्वाटर नाथमले २१-८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन।

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०-२७ ले हरायो। चौथो क्वाटर १०-१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो। जेभियरले पहिलोमा १०-६, दोश्रोमा २१-८ र तेश्रोमा ९-३ को प्रदर्शन गर्‍यो।

महिलातर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन्। राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्राे हुँदै फाइनल पुगेका हुन्। फाइनल सोमबार हुनेछ।

ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन्। गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्राेले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ।

 

प्रकाशित मिति: : 2022-05-08 16:51:00

प्रतिकृया दिनुहोस्