वडाकाे अनुभव संगालेपछि पालिका हाक्ने मोह

२०७४ सालको स्थानीय तह निर्वाचनमा वडामा निर्वाचित भएर पाँच वर्ष अनुभव लिएकाहरू पालिका हाक्ने तयारीमा छन्। 

जिल्लाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगर प्रमुख पदका उम्मेदवार सुरेन्द्र थापा घर्तीले २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका वडा–७ वाट वडा सदस्य निर्वाचित भएका थिए। थापा घर्तीले ७५३ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्धन्दी नेपाली कांग्रेसका लिलबहादुर डाँगीले १८१ मत प्राप्त गरेका थिए। 

रोल्पा नगरपालिकामा नेपाली कांग्रेसवाट नगरप्रमुखका उम्मेदवार शेरबहादुर थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पा नगरपालिका वडा–१० वाट वडा सदस्य निर्वाचित भएका थिए। थापाले ६७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र)का लालबहादुर बस्नेतले ६२८ मत प्राप्त गरेका थिए।

सुनिलस्मृती गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गंजवहादुर महराले २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनिलस्मृती गाउँपालिका वडा–४ मा वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले ४३९ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार पूर्णबहादुर वलीले ३०९ मत प्राप्त गरेका थिए।

सुनिलस्मृती गाउँपालिकाकै उपाध्यक्षमा नेपाली कांग्रेसवाट उपाध्यक्ष पदमा उम्मेदवार बनेकी तेजकुमारी विष्ट २०७४ सालको स्थानीय तह निर्वाचनमा सुनिलस्मृती गाउँपालिका वडा–३ मा वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले ३७३ मत प्राप्त गरी विजयी हुँदा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रिता थापाले २६३ मत प्राप्त गरेकी थिइन्।

लुंग्री गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फवाट अध्यक्ष पदमा उम्मेदवारी दिएका भरतकुमार थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा–५ मा वडाध्यक्ष निर्वाचित भएका थिए। सो निर्वाचनमा उनले ३६३ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका ईश्वरबहादुर विष्टले २८५ मतका साथ पछ्याएका थिए। 

परिवर्तन गाउँपालिका नेकपा (माओवादी केन्द्र)को तर्फवाट उम्मेदवार वनेका शुकबहादुर वुढा २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा–५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले ९६७ मत प्राप्त गरी विजयी हुदा नेपाली कांग्रेसका उम्मेदवार खड्क घर्तीमगरले १७६ मत प्राप्त गरेका थिए। 

त्रिवेणी गाउँपालिकामा कांग्रेस–एमाले गठवन्धनवाट उम्मेदवार बनेका लेखमणी डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका वडा–६ मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। उनले ४४० मत प्राप्त विजयी हुँदा प्रतिद्धन्दी नेकपा (एमाले)का उम्मेदवार तेजवहादुर डाँगीले २२५ मत प्राप्त गरेका थिए।

रून्टीगढी गाउँपालिकामा नेकपा (एमाले)को तर्फवाट गाउँपालिका अध्यक्षका उम्मेदवार यामबहादुर दशौदीले २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा–५ वाट वडाध्यक्ष निर्वाचित भएका थिए। उनले ७६९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्धन्दी नेपाली कांग्रेसका हिमलाल वलीले ५०१ मत प्राप्त गरेका थिए। 

रोल्पाको थवाङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फवाट उपाध्यक्षको उम्मेदवार शर्मिला वुढामगरले २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका वडा–३ को वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनले ६९३ मत पाएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार बिरमाली वुढामगरले १५७ मत प्राप्त गरेकी थिइन्।

प्रकाशित मिति: : 2022-05-09 09:12:00

प्रतिकृया दिनुहोस्