राम्रालाई होइन, आफ्नालाई भोट कहिलेसम्म ?

रातोपाटी

सीता न्यौपाने

आसन्न स्थानीय निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारी दिएकाहरु आफ्नो पक्षमा मत माग्न चुनावी प्रचारप्रसारमा तल्लिन छन् । लोकतन्त्रको समुन्नत अभ्यास भनेकै ‘आफ्नालाई होइन, राम्रालाई भोट’ हो ।

 

तर आफ्नो नेता वा आफ्नो दल भनेर आँखा चिम्लेर भोट खसाल्ने प्रवृत्ति आज पनि छ । बरु पछि आफ्ना प्रतिनिधिले काम गरेन भनेर गाली गर्ने आम मतदाताको संस्कारकै रुपमा विकास भएको छ ।

राजनीतिक रुपान्तरण भनेर जति नै परिवर्तनका कुरा गरेपनि राम्रालाई होइन, आफ्नालाई भोट गर्ने क्रम कहिलेसम्म ? यसै विषयमा केन्द्रीत रही रातोपाटीले केही मतदातासँग अभिमत लिएको छ । असल नेतृत्व गर्न सक्ने जनप्रतिनिधि स्थानीय सरकारमा आउन नसक्दा देशको विकास हुने नसकेको सबैको तर्क छ ।

प्रकाशित मिति: : 2022-05-09 13:55:00

प्रतिकृया दिनुहोस्