संघीय लोकतान्त्रिक शासन र स्थानीय तहको निर्वाचन

स्थानीय तहको निर्वाचनमा मतदाताहरूको आकर्षण तुलनात्मक रुपमा बढी हुन्छ।

अन्नपूर्ण पोष्ट

अमर दिप सुनुवार

स्थानीय तहको निर्वाचन हुन ४ दिन मात्र बाँकी छ। राज्यका सबै निकायहरूको अर्जुन दृष्टि स्थानीय तहको निर्वाचन व्यवस्थापनमा रहेको छ।

मंगलबार रातिदेखि मौन अवधि लागू हुने भएकाले त्यस अगाडिसम्म राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनमा आफ्नो दल र उम्मेदवारको प्रचारप्रसारका गतिविधिमा केन्द्रीकृत भएका देखिन्छन्।

मतदाता शिक्षा प्रभावकारी बनाउन, स्थानीय तहको विकास र समृद्धि, निर्वाचनबाट आउनुपर्ने नेतृत्व कस्तो हुनुपर्छ लगायतका विषयमा पनि नागरिक समाज पनि नजिकबाट नियालिरहेका छन्। अहिले राज्य नै स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत भएको प्रतित हुन्छ। 

विभिन्न राजनीतिक दलहरूले आ–आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छन् भने दलका उम्मेदवारहरूले जनता माझ आफ्नो प्रतिबद्धता अभिव्यक्त गरेको पाइन्छ।

चाहे गाउँको लेकबेँसी र चौतारा होस् वा सहरका सभाहल पार्टी प्यालेस, चोक र चिया पसल सबैतिर चर्चाको विषय स्थानीय तहको निर्वाचन बनेको पाइन्छ। देशव्यापी रुपमा चुनावी आमसभा, कोणसभा, पार्टी प्रवेश र घरदैलो अभियानहरूले तीब्रता पाएका छन्। स्थानीय तह निर्वाचनका गतिविधिहरू चौतर्फी फैलिएकोले राजनीतिक माहोल गर्माएको छ।

स्थानीय निर्वाचनमा देखिएको रौनकता, हौसला र उत्साहलाई संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्षको रुपमा आत्मसाथ गर्नुपर्दछ। यस सन्दर्भमा नेपालले हाल अभ्यास गरिरहेको संघीय लोकतान्त्रिक शासन प्रणालीमा स्थानीय तहको निर्वाचनसमग्र शासनको निर्धारक तत्व हो।

प्रकाशित मिति: : 2022-05-09 14:19:00

प्रतिकृया दिनुहोस्