के छान्ने : चुनाव चिह्न कि नीति र चरित्र ?

रातोपाटी

सञ्जीव कार्की

हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ l अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ l

सुन्दरताको मानक र परिभाषा मानवीय छैन l रङ्ग रोगनको आधारमा सुन्दर हुने, वस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म,सम्पन्न र विपन्न, भूगोल वासस्थानको आधारमा उच्च र नीच भनिने जुन अवधारणा छ, त्यसको कारण हामी मानवीय र वैज्ञानिक परिभाषा भन्दा टाढा छौं l

आरम्भिक सौन्दर्य चेतना र आजमा भिन्नता हुन्छ l सामाजिक प्रक्रियाले कतिपय चेतनाको नव निर्माण गर्छ र कतिपय भत्काउँछ l आदिम काल र आजको चेत फरक छ परम्परागतरूपमा रहेका सौन्दर्यका दृष्टान्त र मान्यताभन्दा पृथक मान्यता वैज्ञानिक र मानवीय हुन्छ l

रूप र आवरणमा देखिने कथित सुन्दरता र प्राज्ञिक बौद्धिक सुन्दरता भिन्न कुरा हुन् l बेग्लै सौन्दर्य चिन्तन हुन् l श्याम वर्णको हुनु नराम्रो हुनु होइन l श्वेत वर्णको हुनु राम्रो हुनु होइन l कालो र सेतो दुवैमा नराम्रो, राम्रो गुण हुन्छ l भौतिक उचाई, आवरणको आकर्षण वास्तविक सुन्दरता मापन गर्ने माध्यम होइनन् l

प्रकाशित मिति: : 2022-05-10 11:18:00

प्रतिकृया दिनुहोस्