अर्घाखाँचीकाे मालारानी गाउँपालिका वडा नम्बर ९ का समाजसेवी महेन्द्रबाबु खनाल यतिबेला चुनावी मोर्चामा अग्रसर छन्।
स्थानीयस्तरमा समाज सेवामार्फत सबैको मन जितेका खनाल मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गाको समग्र विकासको लागि गठबन्धनको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेका हुन्।
उनी नेकपा माओवादी केन्द्रसहितको गठबन्धनको तर्फबाट चुनावी मोर्चामा होमिएका हुन्। गाउँमा विकास निर्माणदेखि स्थानीयलाई सुख, दुखमा साथ दिँदै आएका खनालले वडाध्यक्ष पदमा विजयी भइ समग्र गाउँको विकासमा बाँकी समय खर्चिने योजना बनाएका छन्।
गाउँमा स्वास्थ, शिक्षा तथा विकासका पूर्वाधारमार्फत सबै जनताको मुहारमा खुशी ल्याउने उनको अठोट छ। हालसम्म कुनैपनि विवादमा नआएका र सामाजिक रुपमा स्वच्छ छवि बनाएका खनालले विकासमार्फत नमुना वडा बनाउने उदेश्यले जनताको अग्नी परीक्षामा हाम फालेको बताउँछन्।
इमानदार, शिक्षाप्रेमी र उच्च नैतिकवान खनाल बौद्धिक व्यक्ति मानिन्छन्। साक्षर परिवारमा हुर्किएका उनी समाज शिक्षित भयो भने मात्र गाउँको विकास सम्भव हुन्छ भन्ने मान्यता राख्छन्। उनका बुवा तथा हजुरबुबा पनि राजनीतिमार्फत गाउँलाई साक्षर बनाउन हिजोका दिनमा अग्रसर रहेका थिए।