नेपाली टेबल टेनिस टिम फाइनलमा

माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनल प्रवेश गरेको छ।

नेपाली क्याडेट महिला  टिमले श्रीलङ्कन क्याडेट टिमलाई सेमिफाइनलमा ३, १ को जित निकाल्दै फाइनल प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन्। 

नेपाली टोलीले उपाधिका लागि फाइनलमा भारतको सामना गर्नेछ।

प्रकाशित मिति: : 2022-05-10 18:05:00

प्रतिकृया दिनुहोस्