हेटौंडामा नेकपा समाजवादीको समर्थन लामालाई

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (समाजवादी) पार्टीले समर्थन गरेको छ।

पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए। समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो।

पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी कारबाहीसमेत गरेको छ।

मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2022-05-10 21:15:00

प्रतिकृया दिनुहोस्