कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको निर्वाचन जेठ ३ गते हुने भएको छ।
नेपाली कांग्रेसबाट नगरपालिकाको उममेयरमा उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएपछि निर्वाचन सरेर ३ गते हुन लागेको हो।
जेठ ३ गत हुने निर्वाचनका लागि निर्वाचन कार्यालयले बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ।
मगंलबार उम्मेदवार कुर्मीको हृदयघातका कारण निधन भएपछि पार्टीले रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको छ।
अब नगरपालिकाभरी नै ३ गते मतदान हुने निर्वाचन कार्यालय महाराजगन्जले जनाएको छ।