मातृमृत्यु दर घटाउन चुनौतीः ६ वर्षमा जम्मा २८ जना मिडवाइफ्री उत्पादन

आगामी ८ वर्षमा १० हजार मिड्वाइफ्री उत्पादन गर्ने लक्ष्य

रातोपाटी

माया श्रेष्ठ

सरकारले सन् २०३० सम्ममा १० हजार बढी मिड्वाइफ्री उत्पादन गरिसक्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। तर, यो लक्ष्य पुरा हुने लक्षण देखिदैन। किनकि दक्ष प्रसूतिकर्मी सम्बन्धि राष्ट्रिय नीति २०७३ को दीर्घकालीन रणनीति बनाएको ६ वर्षको अवधिमा जम्मा २८ जना मिडवाइफ्री मात्रै उत्पादन गर्न सकेको छ। 

नेपालमा स्वास्थ्य जनशक्ति सम्बन्धि राष्ट्रिय रणनीति २०७७/७८ अनुसार सुरक्षित मातृत्व सेवाको लागि सन् २०२५ सम्ममा ४ हजार १८० र सन् २०३० सम्ममा ६ हजार ४१० गरी जम्मा १० हजार ५९० मिड्वाइफ्री आवश्यक पर्ने आँकलन गरिएको छ ।

सोही अनुसार आगामी ८ वर्षमा १० हजार मिड्वाइफ्री उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको हो । यो लक्ष्य अनुसार मिड्वाइफ्री उत्पादन गर्ने हो भने वार्षिक साढे १२ सय उत्पादन गर्नुपर्ने हुन्छ । तर विगत ६ वर्षको उदाहरण हेर्ने हो भने वार्षिक साढे चार जना मात्रै मिड्वाइफ्री उत्पादन भएका छन् ।

प्रकाशित मिति: : 2022-05-11 14:59:00

प्रतिकृया दिनुहोस्