युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो

AP Images
AP Images

युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ।

संयुक्त राष्ट्रसंघले थप चेतावनी दिँदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2022-05-12 05:58:00

प्रतिकृया दिनुहोस्