पैसा बाँड्दै हिँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ

File Photo
File Photo

इलामको सन्दकपुरमा मौन अवधिमा मतदातालाई पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले एमालेका एक उम्मेदवारलाई पक्राउ गरेको छ।

सन्दकपुर गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्।

सन्दकपुर गाउँपालिका–५ को जमुनामा बुधबार राति राई पुगेपछि आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएका हुन्।

राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाका अनुसार त्यसै छाड्दा असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि नियन्त्रणमा राखिएको जानकारी दिए।

मौन अवधिमा राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन्। आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्थानीयले राइलाई कारबाही गर्नसमेत माग गरेका छन्। रासस

प्रकाशित मिति: : 2022-05-12 07:44:00

प्रतिकृया दिनुहोस्