पोखरा– १६ का वडाध्यक्ष निर्दोष रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोप लागेका पोखरा महानगर वडा नम्बर १६ का वडा अध्यक्षका जीवनकुमार आर्चायमाथी मौन अवधिमा मतदाता प्रभावित पार्न पैसा बाडेको आरोप लागेको थियो।
मतदातालाई प्रभावित पार्न पैसा बाड्दै गरेको भन्ने उजुरीमा वैशाख २८ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुगमन समितिको जिम्मा लगाएको थियो। अनुसन्धानको क्रममा आचार्यले बाड्दै गरेको भनिएको रकम तथा अन्य प्रमाण नभेटिएपछि उनलाई अनुगमन समितिले मुक्त गरेको छ।
मितिले आचार्यको साथबाट जम्मा ४ हजार नगद फेला पारेको बताएको छ।