धनगढी उपमहानगरका स्वन्तत्र मेयर पदका उम्मेदवार गोपाल हमालमाथि बद्नामपूर्ण समाचार प्रकारशन गर्ने अनलाईलाई प्रेस काउन्सिलले कारवाही गरेको छ।
सत्य, तथ्यविना समाचार प्रकार गरेको भन्दै समाचार प्रकाशन गर्ने ग्लोव नेपाल डटकमलाई कारवाही गरेको हो।
मौन अवधिको समयमा आचारसंहिता उल्लंघन गर्दै तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै सो अनलाइनलाई कारवाही गरेको हो।
प्रेस काउन्सिलले तत्काल क्षमायाचनासहित हमालविरुद्ध लेखिएको समाचार हटाउन निर्देशन दिएको छ। काउन्सिलले उम्मेदवारको उजुरीका आधारमा अनुसन्धान गर्दा अनलाइनले आचारसंहिता उल्लंघन गर्दै आधारहिन समाचार प्रकाशन गरेका कारण कारवाही गरेको हो।
सो अनलाइनले षडयन्त्र पूर्वक महिला प्रयोग गरेर चरित्र हत्या गरिएको विषयलाई समाचारका रुपमा प्रयोग गरेको थियो। महिलाले धाकधम्कीका कारण आफूले झुटो कुरा बोलको भिडियो सार्वजनिक भइसककेको छ।
धनगढीका मेयर पदका स्वतन्त्र उम्मेदवार हमालमाथि महिलालाई मादक पदार्थ सेवन गराएर विभिन्न आरोप लगाएको भिडियो सार्वजनिक गरिएको थियो।
महिलालाई षडयन्त्रपूर्वक प्रयोग गरेको विषय भिडियोमा देखिने महिलाले नै बताइसकेकी छन्। उनले आफूलाई मादक पदार्थ सेवन गराएर हमालको विरुद्धमा बोल्न लगाएको बताइन्।
उनले आफूलाई षडयन्त्रपूर्वक प्रयोग गरेको भन्ने भिडियो सार्वजनिक भइसकेको छ। सो विषयमा मेयर पदका उम्मेदवार हमालले पनि आफूमाथि ठुलो षडयन्त्र भएको बताए।