अमेरिकामा पनि गरियाे ‘कोरोना कथा’को लोकार्पण

चर्चित गीत ‘नरोउ तिमी’का रचनाकार पासाङ शेर्पाको पुस्तक ‘कोरोना कथा’को न्युयोर्कमा पनि लोकार्पण गरिएको छ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले न्युयोर्कको क्वीन्समा अवस्थित धर्मा हाउसमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रकमा पुस्तकको लोकार्पण गरिएको हो।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्य दूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार विष्ट, युनाइटेड शेर्पा एशोसियसन शेर्पा किदुगका अध्यक्ष छिरिङ शेर्पा, खुम्बु पासाङ ल्हामु शेर्पा समाजका अध्यक्ष ङ्वाङ शेर्पा, शेर्पा संघका अध्यक्ष जाङवु शेर्पा लगायतको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो।

विश्वलाई नै आतंकित बनाएको कोरोना महामारीमा सामान्य नागरिकले भोग्नु परेको दैनिक समस्या र यसले व्यक्तिको दैनिक जीवनमा पारेको असरलाई समेटेर लेखिएको संस्मरणात्मक पुस्तकको यसअघि नेपालमा विमोचन गरिएको थियो।

प्रकाशित मिति: : 2022-05-12 20:53:00

प्रतिकृया दिनुहोस्