अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुने १० नाघे

File photo
File photo

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ।

पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ। धेरै राज्यहरूले नयाँ नियमहरू लागू गर्न खोजिरहेका छन्। 

‘कोभिडका कारण १० लाख अमेरिकीको मृत्यु भएको छ’, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भने। बाइडेनले नागरिकहरूलाई महामारीविरूद्ध सतर्क रहन र अमेरिकी संसद कंग्रेसलाई खोप तथा परीक्षणका लागि स्रोतहरू जुटाउन आग्रह गरे।

विश्वभर कोभिड केस फेरि बढेका छन्। अमेरिकाले धेरै प्रतिबन्ध हटाएका छन्। पछिल्ला केही हप्ताहरूमा ओमिक्रोन सबभेरियन्टका कारण संक्रमण फेरि एक पटक बढेका छन्। 

‘मलाई लाग्छ कि हामी यस्तो ठाउँमा छौँ जहाँ मनोवैज्ञानिक, सामाजिक र आर्थिक रूपमा मानिसहरू धेरै हदसम्म महामारीसँग बाँचिरहेका छन्’,  न्युयोर्क विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ सेलिन गोउन्डरले भने। 

प्रकाशित मिति: : 2022-05-13 10:06:00

प्रतिकृया दिनुहोस्