रोल्पा थबाङमा ५७ प्रतिशत मत खस्यो   

रोल्पाको थबाङ गाउँपालिकामा ५७.७ प्रतिशत मत खसेको छ। पाँचवटा वडामा भएको मतदानमा ५७.७ प्रतिशत मत खसेको हो। 

पालिकामा जम्म मतदाता सङ्ख्या ७,१७० भएतापनि  ४,१३८ जनाले मत खसालेका हुन्। 

जसअनुसार वडा–१ साविकको थबाङमा ७८१, वडा–२ साविकको थबाङमा ९१२, वडा–३ साविकको मिरुलमा ९८६, वडा–४ साविकको उवामा ७१० र वडा –५ साविकको उवामा ७४९ मत खसेको हो। 

 

प्रकाशित मिति: : 2022-05-13 22:14:00

प्रतिकृया दिनुहोस्