दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ।
वैशाख ३० गते ढिला गरि मतपेटिका संकलन भएको घोराहीमा आज विहान ९ बजेबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए।
घोराहीको वडा न. १४ स्थित बहुउद्देश्यीय सभा गृहमा मतगणना भइरहेको छ।
अहिले वडा नं १ र १४ बाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए।
घोराही उपमहानगरपालिकाको १९ वटा वडाका ४० वटा मतदान केन्द्रमा ७६ हजार २ सय ४२ मत खसेको थियो। जुन ६७ दशमलव ५१ प्रतिशत मत हो।